बिहीबार, वैशाख १३, २०८१

खोप सेवा पुनः सञ्चालन हुने

नेपालखोज २०७७ वैशाख १२ गते १५:१६

काठमाडौँ । धनगढीको सेती प्रादेशिक अस्पतालमा लकडाउनका कारण प्रभावित रहेको खोप सेवा पुनः सञ्चालन हुनेभएको छ ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि लकडाउन जारी रहदा नियमित खोप सेवा प्रभावित भएकाले एकापसमा सामाजिक दूरी कायम राखी खोप सेवा सञ्चालन गरिने अस्पतालद्वारा यहाँ जारी सूचनामा उल्लेख गरिएको छ ।

बालबालिकाका लागि लगाइने विभिन्न खोपहरु हप्ताको दुई दिन अर्थात् सोमबार र शुक्रबार बिहान ९ः०० देखि दिउँसो १ः०० बजेसम्म सेवा लिन सकिने जारी सूचनामा जनाइएको छ ।

त्यस्तै प्रत्येक हप्ता आइतबार र बुधबार गर्भवती तथा परामर्श र टिडी खोप सेवा दिइने भएको छ ।

लकडाउनले खोप सेवा बन्द हुँदा धेरै बालबालिका खोप लगाउनबाट वञ्चित हुँदै आएका थिए ।

प्रतिक्रिया