सोमबार, फागुन ५, २०८१

भरतपुर अस्पतालमा ज्वरोबाट २६ बर्षीय युवतीको मृत्यु

नेपालखोज २०७६ चैत २१ गते १०:४३

काठमाण्डौ । सिन्धुली घर भइ चितवनको भरतपुर अस्पतालमा उपचाररथ २६ बर्षीय युवती उषाकुमारी राईको आज विहान निधन भएको छ ।

Advertisement

ज्वरो र निमोनियाकी विरामी उनी हेटौंडाबाट रिफर गरी गए राती १ बजे अस्पतालको आकस्मिक कक्षमा ल्याइएकी उनको आइसीयूमा उपचारको क्रममा मृत्यु भएको थियो ।

उनको मृत्युको कारण कोरोना वा निमोनिया हो भन्नेमा अझै यकिन गर्न सकिएको छैन । यद्यपि, अस्पतालले उनको स्वाब परिक्षण गर्ने तयारी गरेको छ ।

मृतक राई सुरुमा हेटौंडा अस्पताल पुगेकी थिइन् । हेटौंडा अस्पतालले भरतपुर रेफर गरेको थियो ।

उनको ट्राभल हिस्ट्रीबारे भने केही बताइएको छैन ।

प्रतिक्रिया