शुक्रबार, वैशाख १४, २०८१

आइसोलेसन कक्षमा रहेका २१ जना डिस्चार्ज

नेपालखोज २०७७ वैशाख १२ गते १५:३६

झापा । कोरोना भाइरसको आशङ्कामा झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा भर्ना भएका २१ जना बिरामी डिस्चार्ज भएका छन् ।

अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका सबै बिरामीको कोरोना स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पिताम्बर ठाकुरले जानकारी दिए । सो अस्पतालमा २५ र दमक अस्पतालमा दुई गरी जिल्लामा कूल २७ श्ययाको आइसोलेसन वार्ड निर्माण गरिएको छ । अस्पतालमा विभिन्न सङ्घसंस्थाले पिपिइ, मास्क, पञ्जालगायतका स्वास्थ्य सामग्रीको सहयोग गरिरहेका छन् ।

झापाका १५ स्थानीय तहले विभिन्न २७ स्थानमा ७७८ क्षमताको क्वारेन्टाइन कक्ष बनाएका छन् । ती क्वारेन्टाइनमा हाल १८९ जना छन् भने २३९ जना क्वारेन्टाइन अवधि पूरा गरेर घर फर्किसकेका छन् । होम क्वारेन्टाइनमा एक हजार ४६ रहेका छन् ।

प्रतिक्रिया