बिहीबार, वैशाख १३, २०८१

२५ हजार भारतीय श्रमिक एक महिनादेखि समुद्रभित्र डुंगामै

नेपालखोज २०७७ वैशाख १५ गते ७:१५

काठमाडौँ । एक महिनादेखि मैलुपल्ली पोलिसु आफ्नो डुंगासहित गुजरातको भेरभल बन्दरगाहमै रोकिएका छन् ।

पोलिसु २५ हजार माझी (माछा मार्नेहरु)मध्ये एक हुन्, जो गत माचृ २४ देखि भारतको गुजरातमा पर्ने समुद्री तटबाट छिर्न पाएका छैनन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशव्यापी लकडाउन घोषणा गरेदेखि नै यी माझीहरु समुद्रमै रोकिएका हुन् ।

महाराष्ट्र, आन्द्र प्रदेश, उत्तर प्रदेश, बिहार, गुजरात लगायत राज्यबाट माझीहरु हरेक वर्ष अगस्ट महिनामा समुद्रमा महिनामा यसै गरी माछा मार्न जाने गर्छन् । आफ्नो जीवीकोपार्जनका लागि अगस्टमा माछा मार्न गएर मार्चमा फर्कने गर्छन् ।

‘हामीसँग सिमित मात्रै पिउने पानी छ, डुंगामा ट्वाइलेटको सुविधा छैन, दुई छाक मात्रे खाना पाएका छौँ, जसरी पनि हामी छिटो घर पुग्न चाहने एउटै चाहना छ,’ पोलिसुले भने । भारत सरकारले लकडाउनको घोषणा गर्दा गुजरात, महाराष्ट्र र कर्नाटकामा यस्ता हजारौँ माछा मार्ने श्रमिकहरु समुद्रमै थिए । जो अहिलेसम्म फर्कन सकेका छैनन् । यो खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया