शुक्रबार, वैशाख ७, २०८१

प्रदेश नं. १ मा पाँच हजार बढीको परीक्षण

नेपालखोज २०७७ वैशाख १५ गते ९:००

विराटनगर । प्रदेश नं.१ मा हालसम्म पाँच हजार ५१८ जनामा कोरोना परीक्षण भएको छ ।

द्रूत परीक्षण विधि (आरडीटी)बाट आइतबारसम्म जम्मा चार हजार ५४५ र ल्याबमा नमूना ल्याएर गरिने परीक्षण (पिसीआर) विधिबाट ९७३ जनाको नमुना परीक्षण भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको सूचना डेस्कका अनुसार आरडीटीबाट तीन हजार ८०८ जना पुरुष र ७३७ जना महिलाको परीक्षण भएको छ । पिसीआरतर्फ ७२० पुरुष र २५३ जना महिलाको परीक्षण भएको छ । प्रदेशमा ३० जनामा हालसम्म कोरोना सङ्क्रमण देखिएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको सङ्ख्या आइतबारसम्म कूल एक हजार ७७१ जना पुगेको छ । ४७ जना घर गएका छन् । क्वारेन्टाइनमा ३०८ महिला र एक हजार ४६३ पुरुष छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० जना छन् । एकजना डिस्चार्ज भएका छन् । होम क्वारेन्टाइनमा जम्मा पाँच हजार ७६० जनामा महिला एक हजार दुई जना र पुरुष चार हजार ७५८ जना रहेका छन् ।

प्रतिक्रिया