शुक्रबार, वैशाख ७, २०८१

वीरगञ्जका कोरोना संक्रमितको सम्पर्कमा आएका ३३ जनाको स्वाब नमुना संकलन

नेपालखोज २०७७ वैशाख १५ गते १४:१४

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका कोरोना संक्रमित सफाइकर्मीको सम्पर्कमा आएका ३३ जनाको कोरोना परिक्षण गरिने भएको छ । उनीहरुको पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमुना संकलन गरिएको बताइएको छ ।

आइतबार वीरगञ्ज महानगरपालिका(३ छपकैया घर भएका महानगरका एक जना सफाइकर्मीमा कोभिड–१९ संक्रमण पुष्टि भएसँगै ट्राभल हिष्ट्रीको आधारमा कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको हो ।

पहिलो चरणमा प्रत्यक्ष सम्पर्कमा रहेका परिवारका सदस्यसहित ३३ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

पर्सामा हाल सर्लाहीका एक सहित तीन जना संक्रमित वीरगञ्ज स्थित नारायणी अस्पतालको आइसोलेसनमा छन् ।

प्रतिक्रिया