मंगलबार, वैशाख ११, २०८१

कञ्चनपुरमा एक हजार ७०८ जनाको ¥यापिड टेष्ट

नेपालखोज २०७७ वैशाख १५ गते १४:१८

कञ्चनपुर । कञ्चनपुरमा एक हजार ७०८ जनाको ¥यापिड डाइग्नोष्टिक टेष्ट ९आरडिटी० विधिबाट कोरोना भाइरस (कोभिड–१९्र) परीक्षण गरिएको छ ।

गत चैत २७ गतेदेखि शुरु गरिएको ¥यापिड टेष्टमा दुईजना बाहेक सबैको नतिजा नेगेटिभ आएको छ । पोजेटिभ नतिजा आएका दुईजनाको स्वाब सङ्कलन गरी पिसिआर विधिबाट परीक्षण गर्दा उनीहरुको नजिता पनि नेगेटिभ आएको छ ।

भारतबाट फर्केका व्यक्तिको सबैभन्दा बढी ¥यापिड टेष्ट गरिएको छ । तेस्रो मुलुकबाट फर्केका र कोरोनाको सङ्क्रमण दर उच्च रहेका भारतीय शहर मुम्बै, दिल्ली र राजिस्थानलगायतका क्षेत्रबाट फर्केका व्यक्तिको ¥यापिड टेष्ट गरिएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका कोरोना भाइरस फोकल पर्सन सिद्धराज भट्टका अनुसार सुरक्षामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायतको समेत ¥यापिड टेष्ट गरिएको छ ।

भीमदत्त नगरपालिकामा ५९०, बेदकोट नगरपालिकामा ३५२, शुक्लाफाँटा नगरपालिकामा १७३, कृष्णपुर नगरपालिकामा १५२ जनाको ¥यापिड टेष्ट विधिबाट परीक्षण गरिएको छ । यसैगरी, पुनर्वास नगरपालिकामा १९१, बेलौरी नगरपालिकामा १७९, महाकाली नगरपालिकामा १५४, लालझाडी गाउँपालिकामा ६२ र बेलडाँडी गाउँपालिकामा २६ जनाको पनि टेष्ट गरिएको छ ।

कतार, दुवइ, साउदी अरेबिया, मलेसियालगायत मुलुकबाट आएका व्यक्तिसँगै भारतको कोरोना सङ्क्रमणको दर उच्च रहेका मुम्बै, नयाँ दिल्ली र राजिस्थानलगायतका क्षेत्रबाट फर्केका व्यक्तिहरु, नेपालको काठमाडौँ, ओखलढुङ्गालगायत क्षेत्रबाट फर्केका व्यक्तिसँगै सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायतको ¥यापिड टेष्टको कार्यसमेत गरिएको छ ।

आइतबार मात्रै शुक्लाफाँटामा १२०, बेलौरीमा २४, बेदकोटमा ७१, भीमदत्तमा ४०, पुनर्वास नगरपालिकामा १४५ जनाको ¥यापिड टेष्ट गरिएको थियो । टेष्ट गरिएका सबैजनाको नतिजा नेगेटिभ रहेको छ । ¥यापिड टेष्टमा शरीरमा एन्टीबडी रहे नरहेको जाँच गरिन्छ ।

जिल्लामा हालसम्म २०५ जनाको स्वाब सङ्कलन गरी कोरोना भाइरस परीक्षण गरिएको छ । जसमध्ये २०३ जनाको रिपोर्ट आएको छ । रिपोर्ट आएकामध्ये एकजनामा पोजेटिभ देखिएको थियो । उनी उपचारपछि घर फिर्ता भइसकेका छन् । अन्यको नतिजा नेगेटिभ आएको छ । स्वाब सङ्कलन गरिएका मध्ये दुईजनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

कञ्चनपुरमा रहेको ६०६ श्ययाको क्वारेन्टाइनमा छजना महिलासहित १५६ जनालाई राखिएको छ । स्वास्थ्य कार्यालय र स्थानीय तहको समन्वयमा बाह्य मुलुकबाट आएका व्यक्तिको ¥यापिड टेष्टको कार्य शुरु गरिएको छ । तेस्रो मुलुकबाट जिल्लामा चैत महिनामा भित्रिएका १३० जना व्यक्ति रहेका छन् ।

प्रतिक्रिया