शुक्रबार, चैत १६, २०८०

भिटोफका सद्‌भावना दूत बने भरतबन्धु

नेपालखोज २०७९ जेठ १३ गते १५:२३

काठमाडौं । लेखक तथा फोटोग्राफर भरतबन्धु थापालाई गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ नेपाल) ले सद्‌भावना दूत बनाएको छ ।

कोभिडले थला परेको पर्यटनलाई विगतको स्थानमा पुर्याउन प्रचार–प्रसार तथा प्रवर्द्धनमा सहयोग पुर्याउने हेतुले विगत डेढ दशकदेखि लेखन तथा फोटोग्राफरका रूपमा क्रियाशील भरतबन्धुलाई सद्‌भावनादूत बनाएको भिटोफका अध्यक्ष गोपाल थापाले बताए ।

भिटोफले आयोजना गरेको एक कार्यक्रमबीच भरतबन्धुलाई सद्‌भावना दूत नियुक्त गरिएको हो । भिटोफ नेपालको सल्लाहकारमा प्रा.डा. प्रेम शर्मा, रविजंग पाण्डे, अशोक सिलवाल, शिव पौडेल र दीपक दाहाल र कानुनी सल्लाहकार सरस्वती श्रेष्ठ रहेका छन् ।

भरतबन्धुले प्रचारमा रहेका तथा ओझेलमा रहेका नेपालका पर्यटकीय क्षेत्रलाई प्रचार-प्रसार तथा प्रवर्द्धन गर्न सहयोग पुगोस् भनेर वाइल्ड वेस्ट नेपाल (२०१३), गन्तव्य कर्णाली (२०१९), कर्णाली (२०२०), एक्सपोलर फारवेस्ट (२०२०), गन्तव्य मध्यपुर (२०२१) र तस्बिरमा नेपाल (२०२१) पुस्तक प्रकाशित भइसकेका छन् । उनले विश्वमाझ नेपालका पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न मद्दत् पुगोस् भनेर फोटो बैंक नेपाल डटकमसमेत सञ्चालन गरेका छन् ।

प्रतिक्रिया