नयाँ दिल्लीमा २०० जना स्वास्थ्यकर्मीमा कोविड १९ संक्रमण
नेपालखोज
२०७७ वैशाख १६ गते १५:१२
काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा मात्र कोविड १९ का कम्तीमा पनि २०० जना चिकित्सकसहितका स्वास्थ्यकर्मी संक्रमित भएका बताइएको छ ।
दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले सो कुराको जानकारी दिनुभएको हो । उहाँले नयाँ दिल्लीमा मात्र २०० जना स्वास्थ्यकर्मी कोविड १९को संक्रमण भएका बताए ।
उनले दिल्लीमा मात्र कोविडका बिरामीको संख्या ३ हजार नाघेको बताए। उनले त्यहाँ ३ हजार १०८ जनामा यो संक्रमण देखिएको जानकारी दिए ।
उनले भने, यहाँ सरकारी तथा निजी अस्पताल सबैमा गरेर २०० जना स्वास्थ्यकर्मी कोविड १९ को विरामी परेका छन् । उनले यहाँका अस्पतालहरुमा दिन प्रतिदिन संक्रमित हुने स्वास्थ्यकर्मीहरुको संख्या बढ्ने गरेको पनि बताए ।
सम्बन्धित

प्रतिक्रिया