लकडाउन प्रभावितबाटै रकम असुलेर राहत वितरण
नेपालखोज
२०७७ वैशाख १७ गते ७:१९
ओखलढुंगा । सुनकोसी गाउँपालिका वडा नं. ४ मा लकडाउन प्रभावित र खाद्यन्न अभाव हुने परिवारबाटै रकम असुलेर रकम उठाइएको छ । राहत दिन वडाले टोल टोलमै समिति बनाएर चामल चाहिने व्यक्तिसँग प्रतिव्यक्ति १ हजार ३ सय ५० रुपैयाँ उठाएको हो ।
वडामा भोकमरी हुन लागे पनि गाउँपालिकाले नसुनेपछि स्थानीयलाई सहुलियत दिन रकम उठाएर चामल खरिद गरेर घरघरै बाड्ने तयारी गरेको वडा कार्यालयले जनाएको छ ।
वडा कार्यालयले राहत बाँड्ने पैसा उठाउनका लागि टोलटोलमै समिति समेत गठन गरेको छ । खाद्यन्न अभाव हुने भनेर वडामा ४ सय २९ परिवार पहिचान गरिएको छ । उनीहरुलाई वडाका तर्फबाट खरिद गरेर ढुवानी खर्च व्यहोरेर घरघरै पुर्याइदिने भन्दै निर्णय नै गरेर रकम उठाइएको हो । एक हप्ता पहिले रकम दिए पनि स्थानीयले चामल पाएका छैनन् । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।
सम्बन्धित
प्रतिक्रिया