चालु आर्थिक वर्षको आर्थिक वृ्द्धिदर २.२७ प्रतिशतमा झर्ने
नेपालखोज
२०७७ वैशाख १७ गते १५:५२
काठमाडौँ । चालु आर्थिक वर्षको आर्थिक वृ्द्धिदर २.२७ प्रतिशतमा झर्ने भएको छ । बुधबार केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा खुम्चिने भएको हो ।
चालु आवको मध्यपछि शुरु भएको कोरोना भाइरसको संक्रमण र त्यसले अर्थतन्त्रमा पारेको प्रभावका कारण अर्थतन्त्रको वृद्धिदर नराम्रोसँग खुम्चिने विभागले ठम्याएको छ । यसअघि सरकारले चालु आवको बजेटले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखेको थियो ।
यसअघि गत आर्थिक वर्ष २०७५ ७६ मा नेपालको आर्थिक वृद्धिदर ६.७५ कायम भएको थियो । आर्थिक वर्ष २०७४र७५ मा भने ६.३५ प्रतिशतको आर्थिक वृद्धिदर कायम भएको विभागको तथ्यांकमा उल्लेख छ ।
सम्बन्धित

प्रतिक्रिया