नेकपा भित्रको लडाइँ : बन्लान् त बामदेव प्रधानमन्त्री

नेपालखोज २०७७ वैशाख १८ गते ९:२४

काठमाडौं । पार्टीभित्र छलफल नै नगरी अध्यादेश जारी गर्नेदेखि सरकारका धेरै काम प्रधानमन्त्रीले एकलौटी ढंगले गर्न थालेपछि नेकपामा व्यापक लडाइँ भएको छ । पूर्व एमाले र पूर्व माओवादीहरु पार्टी एकीकरणलाई भुलेर एक र अर्कावीच आरोप पत्यारोप मै लागिरहेका छन् ।

विशेष गरी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र विष्णु रिमालले गरेका काम कार्वाहीलाई पूर्व माओवादीहरुले पार्टी एकीकरण र आफ्नो पार्टीको सरकार भएको अनूभूति गर्न नपाएको अध्यक्ष प्रचण्डसँग गुनासो पोखिरहेका छन् ।

त्यत्तिमात्र होइन पार्टी र सरकार सञ्चालनमा प्रधानमन्त्री ओलीले गरेको गतिविधिका कारण पूर्व माओवादी र पूर्व एमालेको लडाइँ सहतमा नै देखिएको थियो । जसका कारण नेकपा भित्र पनि ४०/६० को खेल शुरुवात भईसकेको थियो । तर अहिले राजनीतिक लडाँइ फरक ढंगले अगाडि बढेको । पार्टी अध्यक्ष र प्रधानमन्त्री कुनै हालतमा पनि नछाड्ने अडानमा देखिएका ओली मध्यरातसम्म बसेको पार्टी सचिवालयको वैठकमा ओली नरम रुपले प्रस्तुत भएपछि सचिवालय सदस्यहरु तीन छक्क परेका थिए ।

अर्का पार्टी अध्यक्ष प्रचण्डले ओलीलाई पाँच वर्ष नै प्रधानमन्त्रीमा राखिरहने तर अध्यक्षमा विचार गर्नु पर्ने विगतदेखि नै कुरा नगरेको भने होइन तर, प्रचण्डलाई कुनै हालतमा पनि अधिकार नदिने सोचमा रहेका ओलीले सचिवालयमा आफू अल्पमतमा पर्ने देखिएपछि सचिवालयमा निकै नरम भएका देखिए । यद्यपी प्रधानमन्त्री कुनै हालतमा नछाड्ने अडानमा रहेको उनी बामदेवलाई प्रधानमन्त्रीलाई बनाउने नयाँ योजना लिएर सचिवालय वैठकमा प्रस्तुत भए ।

सांसद नै नभएका बामदेवलाई प्रधानमन्त्री बनाउने योजना ओलीले ल्याएपछि सचिवालय सदस्यहरु अवाक बनेका थिए । बजारमा अव माधव नेपाल प्रधानमन्त्री बन्ने चर्चा चलिरहेका बेला सचिवालयमा वैठकमा ओलीले बामदेवलाई प्रधानमन्त्री बनाउने सवै सहमत भए आफूले वर्तमान कोरोना संक्रमण एवं लकडाउनको विपद् हट्नासाथ आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिने सोच समेत सचिवालय वैठकमा राखेपछि नेकपामा भित्रको लडाँई केही मत्थर हुने संकेत भने देखिएको छ । तर बामदेव प्रधानमन्त्री बन्ने कुरा भने गर्भ मै रहने हो वा त्यसले सार्थकता प्राप्त गर्ने हो यसै भन्न सक्ने अवस्था छैन ।

प्रतिक्रिया