सांसद डा. यादवद्धारा उजुरी
नेपालखोज
२०७७ वैशाख १८ गते १५:४४
काठमाडौँ । आफूलाई ‘अपहरण’ गरेको भन्दै जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले उजुरी दिएका छन् । उनले नेकपा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका हुन् ।
बुधबार आयोग कार्यालय पुगेका डा. यादवले सदस्य प्रकाश वस्ती र मोहना अन्सारीसँग भेट गरी उजुरी पत्र दिएका हुन् । उजुरीपत्र बुझ्दै आयोगका सदस्य प्रकाश वस्तीले उजुरीकर्ताले भनेजस्तो अपहरण भएको हो कि होइन भन्नेबारे अनुसन्धान गर्ने बताए ।
सम्बन्धित
प्रतिक्रिया