कोरोना : विश्वभर अहिलेको अवस्था
काठमाडौँ । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३३ लाख १८ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५ हजार ८०० जनाको ज्यान गएको छ । संयुक्तराज्य अमेरिकामा मात्र २४ घण्टाको अवधिमा २ हजार २०० जनाको मृत्यु भएको छ ।
कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति
विश्वभर ३३,१८,४५५ १०,४८,४६७ २,३४,२५३
महादेश कूल संक्रमित निको एका कूल मृत्यु
१. युरोप १३,८२,००० ५,०८,९९० १,३५,३६४
२. उत्तर अमेरिका ११,८७,०३६ १,९२,४५६ ६९,६७६
३. एसिया ५,२१,८७० २,६६,११४ १८,६३७
४. दक्षिण अमेरिका १,७८,६९५ ६०,११४ ८,८११
५. अफ्रिका ३९,७८६ १३,०७८ १,६३८
६. ओसेनिया-अस्ट्रेलिया- ८,३४७ ७,०७० ११२

प्रतिक्रिया