रसुवाका क्वारेन्टाइन खाली
नेपालखोज
२०७७ वैशाख २२ गते ८:३३
रसुवा । कोभिड–१९ नियन्त्रणका लागि गोसाइँकुण्ड गाउँपालिकाले सरकारी क्वारेन्टाइनमा राखेका सबै स्थानीय बासिन्दालाई आआफ्ना घर पठाएको छ ।
गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार जिल्ला बाहिरबाट रसुवा प्रवेश गरेका सबै स्थानीयवासीलाई अनिवार्य रूपमा १४ दिन सरकारी क्वारेन्टाइनमा राख्ने जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय कार्यान्वयन गर्दै धुञ्चे, स्याफ्रुबेँसी र टिमुरेमा राखिएका ८४ नागरिकलाई आइतबार आआफ्ना घरतर्फ पठाइएको छ ।
अन्य गाउँपालिकाले भने यही वैशाख १४ गते रसुवा भित्र्याएका नागरिकलाई सीधै आआफ्ना घरमा जान अनुमति दिएका थिए । चिकित्सकबाट उनीहरूको स्वास्थ्य परीक्षण गराई तोकिएको अवधिसम्म सुरक्षित तवरले होम क्वारेन्टाइनमा बस्नुपर्ने र १४ दिन पुगेपछि आरडिटी गराउनु पर्ने शर्तमा पठाइएको गापा अध्यक्ष तामाङले बताए ।
सम्बन्धित

प्रतिक्रिया