कृषि लगानी सम्मेलन
नेपालखोज
२०७७ वैशाख २२ गते १४:३७
तनहुँ । तनहुँको व्यास नगरपालिकाले स्थानीय उत्पादनको अभिवृद्धि गरी सरल, सहज र सर्वसुलभरुपमा सामग्री उपलब्ध गराउनका लागि आगामी आवमा कृषि लगानी सम्मेलन गर्ने भएको छ । कृषिको दीर्घकालीन लक्ष्य प्राप्त गर्न र कोरोना भाइरसका कारण उत्पादनमा कमी हुन सक्ने अवस्थालाई मध्यनजर गरी कृषि लगानी सम्मेलन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले स्थानीय कृषकको कृषि उत्पादनको तीनदिने वार्षिक कृषि मेला सञ्चालन गर्ने र उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने भएको छ ।
सम्बन्धित
प्रतिक्रिया