नेपालगन्जमा संक्रमितको सम्पर्कमा रहेका तीन सय जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’

नेपालखोज २०७७ वैशाख २२ गते १५:१२

नेपालगन्ज । १६ जना कोरोना संक्रमित भेटिएको नेपालगन्ज उपमहानगरपालिका–८ जोलहनपुरवाका तीन सय जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिएको छ । शुक्रबार एक व्यक्तिमा कोरोना देखिएकोमा थप १५ व्यक्तिमा हिँजो आइतबार संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरूको सम्पर्कमा आएका थप व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्ने प्रयास जारी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

उनीहरू एक महिनायता स्थानीयमाझ घुलमिल भइसकेकाले टोलभरिका बासिन्दाको स्वाब संकलन गर्नुपर्ने अवस्था आउन सक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

नेपालगन्जमा संक्रमित भेटिएको निकै घना बस्तीका स्थानीय बासिन्दा लकडाउनका बेला पनि एक अर्काको घरमा आउजाउ गर्दै आएका थिए ।

प्रतिक्रिया