बस्नेत, खनाल र श्रेष्ठ विरुद्ध अपहरणको उजुरी
नेपालखोज
२०७७ वैशाख २२ गते १५:३०
काठमाडौँ । सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध उजुरी दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँमा सोमबार दिउँसो उनीहरु विरुद्ध उजुरी परेको हो । सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालका अनुसार उनीहरु विरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा मुद्दा छ । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाडौं ल्याएको आरोपमा यो मुद्दा दर्ता भएको हो।
अब सरकारी वकिल कार्यालयले उजुरीमाथि अध्ययन गर्नेछ र आवश्यकता अनुसार थप प्रक्रियाका लागि प्रहरीसमक्ष पठाउँँने बताइएको छ । सांसद यादवले राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी दिएका छन् । त्यसपछि सरकारी वकिलको कार्यालयले उजुरी दर्ता गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया