विप्लव नेतृ चन्दको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ जारी
नेपालखोज
२०७७ वैशाख २३ गते १३:१६
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी नेतृ बन्धुकुमारी चन्दको बन्दी–प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ भइरहेको छ ।
सर्वोच्च अदालतमा गत फागुन २० गते दायर रिटमा न्यायाधीशहरू आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासमा सुनुवाइ जारी छ । नेकपाको भातृ संगठन अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्षसमेत रहेकी चन्दलाई गैरकानुनी थुनामा राखेको भन्दै प्रतीक चन्दले सर्वोच्च अदालतमा दुईवटा रिट दायर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय बर्दियालाई विपक्षी बनाउँदै फागुन २० मा र जिल्ला प्रहरी कार्यालय दाङलाई विपक्षी बनाउँदै वैशाख ४ गते बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको थियो ।
गैरकानुनी थुनामा राखिएको भन्दै दायर ती दुवै रिटमाथि अहिले सुनुवाइ जारी रहेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले बाह्रखरीलाई जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया