ऋणको ब्याज मिनाहा गर्न सकिँदैन : गभर्नर अधिकारी
काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीले बैंकबाट लिएको ऋणको ब्याज मिनाहा गर्न नसकिने बताए । मंगलबार आज अर्थ समितिको बैठकमा आगामी मौद्रिक नीति सम्बन्धी छलफलका क्रममा उनले ब्याज मिनाहाको माग आए पनि कार्यान्वयन गर्न सम्भव नभएको बताए ।
व्यवसायीले तिर्नुपर्ने ऋणको भाका सार्न भने सकिने गभर्नर अधिकारीको भनाई छ बैठकमा सांसदहरुले नेपालमा बैंक ब्याजदर बढी रहेको भन्दै कम गर्नुपर्ने बताएका थिए । जवाफमा गभर्नर अधिकारीले विकसित देशमा भन्दा अल्पविकसित देशमा ब्याजदर बढी नै हुने तर्क गरेँ ।
यस्तै, वित्तीय क्षेत्रबाट धेरै ऋण लिनेमा ठूला व्यवसायी नै बढी रहेको उनले बताए । सांसदहरुको प्रश्नमा गभर्नर अधिकारीले पाँच करोडभन्दा बढी ऋण लिनेहरु ३६ प्रतिशत र ५० लाखभन्दा थोरै लिने ३४ प्रतिशत रहेको जानकारी गराए ।
बैठकमा उनले अर्काे वर्ष रेमिट्यान्स र राजस्वका स्रोतहरु घट्दा अर्थतन्त्र अप्ठेरोमा पर्न सक्ने विषयलाई समेत ख्याल गरी मौद्रिक नीति बनाउनुपर्ने बताए ।
बैठकमा सांसदहरुले निर्वाहुमुखी अर्थतन्त्रलाई आत्मनिर्भर र औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गर्ने गरी मौद्रिक नीति ल्याउन सुझाव दिएका थिए ।

प्रतिक्रिया