मास्क र स्यानिटाइजर सहयोग

नेपालखोज २०७७ वैशाख २३ गते १६:०८

मकवानपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई ७२० थान मास्क र ११ लिटर स्यानिटाइजर सहयोग गरेकी छिन् ।

उनले सहयोग गरेको मास्क र स्यानिटाइजर आज मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाललाई हस्तान्तरण गरेकी हुन् । सो अवसरमा प्रमुख जिल्ला अधिकारी नेपालले कोरोना भाइरस सङ्क्रमणबाट बच्न मास्क र स्यानिटाइजर सहयोग उपलब्ध गराइदिएकामा नेतृ डिनालाई धन्यवाद दिए।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल र हेटौँडा उपमहानगरपालिकाका काँग्रेसका सभापति आनन्दराम पराजुलीलगायत सहभागी थिए ।

प्रतिक्रिया