मंगलबार, जेठ ८, २०८१

पछिल्लो २४ घण्टामा थप ८ सय १८ जनामा कोरोना पुष्टि

नेपालखोज २०७७ भदौ ७ गते १६:३०

काठमाडौं । पछिल्लो २४ घण्टा यता नेपालमा थप ८ सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये २ सय २० महिला र ५ सय ५८ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९ सय ३५ जना पुगेको छ ।

देशभर रहेका ३८ वटा प्रयोगशालामा २४ घन्टाभित्र ८ हजार २६ जनामा गरिएको कोरोना परीक्षणमा ८ सय १८ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा।जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा थप २ सय ८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म १८ हजार ६ सय ३१ जना उपचारपछि निको भएर घर फर्किएको प्रवक्ता डा।गौतमले बताएका छन् ।

 

प्रतिक्रिया