उपत्यकामा निर्वाध प्रवेशलाई पूर्णारूपमा रोक्न माग
काठमाडौं । उपत्यका नगरपालिका फोरमका पदाधिकारीले सरकारसँग कोरोना संक्रमणबाट उपत्यकालाई जोगाउन निर्वाध प्रवेशलाई पूर्णारूपमा रोक्नुपर्ने माग राखेका छन् ।
कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई भेट गरी उनीहरुले यस्तो माग राखेका हुन् ।
उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर–उपमेयरहरुको साझा संस्था नगरपालिका फोरमका पदाधिकारीले संयोजक पोख्रेललाई भेटी उपत्यकाभित्र निर्वाध आवत–जावतलाई कडाई गरी उपत्यकाभित्र भने केही खुकुलो बनाउनु पर्ने माग गरेका हुन् । ‘उपत्यका बाहिरका केही स्थानमा अहिले पनि कोरोना संक्रमित बढिरहेका छन् ।
यस्तो बेलामा एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवत–जावत गर्दा संक्रमणको खतरा बढी हुने भन्दै फोरमका अध्यक्ष समेत रहेका काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले यस्तो बेलामा उपत्यकाबाट हुने आवत–जावतमा कडाई नगर्ने हो भने त्यसले थप समस्या सिर्जना गर्न सक्ने बताए ।
आवत–जावतलाई कडाई गरे पनि उपत्यका भित्रको चहल–पहललाई भने केही खुकुलो बनाउनु पर्ने प्रस्ताव पनि पोख्रेलसँग राखेको शाक्यले जानकारी दिए ।

प्रतिक्रिया