चट्याङले लागेर एक बालिकाको मृत्यु, अन्य जना पाँच घाइते

नेपालखोज २०७७ वैशाख २३ गते १७:२१

दाङ । सल्यानमा चट्याङले लागेर एक बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

चट्याङले लागेर घाइते भएकी ६ वर्षीया हिमाली रानाको उपचारका क्रममा जिल्ला अस्पताल खलंगामा दिउँसो डेढ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता उमाकान्त जोशीले जानकारी दिए ।

चट्याङले लागेर कुमाख गाउँपालिका वडा नं. ३ चिनाली निावसी ३६ वर्षीय अतिराम राना,३० वर्षीया दिपा राना, ८ वर्षीय यमराज राना घाइते भएका छन् । उनीहरू मृतक हिमालीका बुवा, आमा र दाइ हुन् ।

त्यस्तै, अतिरामका भाइ २६ वर्षीय टेकबहादुर राना र भतिजा २२ वर्षीय रणसिंह राना पनि घाइते रहेको प्रहरी निरीक्षक जोशीले सेतोपाटीलाई जानकारी दिए। घाइते सबैको अवस्था मध्यम खालको रहेको र सबैको उपचार जिल्ला अस्पताल खलंगामा भइरहेको छ ।

प्रतिक्रिया