दिल्लीमा नेपाल-भारत संयुक्त आयोगको बैठक शुरु
नेपालखोज
२०७७ माघ २ गते १२:१७

काठमाडौं । भारतको नयाँ दिल्लीस्थिति हैदरावाद हाउसमा नेपाल भारतको संयुक्त आयोगको बैठक शुरु भएको छ । बैठकमा नेपालका पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतको तर्फबाट भारतीय विदेश मन्त्री एस जयशंकरले नेतृत्व गरेका छन् ।
पराष्ट्रमन्त्री ज्ञवाली बैठकमा भाग लिन बिहीबार काठमाडौबाट नयाँ दिल्ली गएका थिए ।
यस भ्रमणलाई लिएर देश भित्र समर्थन र विरोध दुवै पक्षमा आवाज र तर्कहरु आइरहेका छन् ।
केहीले देशभित्र उत्पन्न राजनीतिक वातावरणका बीच भ्रमण हुन नहुने तर्क राखेका छन् भने केहीले कोरोना भाइरसको खोपसहित अन्य विषयमा छलफल गर्ने तालिका अनुसार भ्रमण भएको भन्दै समर्थन जनाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया