कोरोनाबाट दुबईमा थप एक नेपालीको मृत्यु
नेपालखोज
२०७७ वैशाख २३ गते १७:३५
काठमाडौं । दुबईमा थप एक नेपालीको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । नेपालमा अर्घाखाँची घर भएका र १५ वर्षदेखि दुबईमा काम गरिरहेका ४७ वर्षका एक व्यक्तिको आइतबार मृत्यु भएको हो ।
उनको कम्पनीले दिएको जानकारी अनुसार उनी ५ वैशाखमा अस्पताल भर्ना भएका थिए । सास फेर्न समस्या भएपछि र ज्वरो आएपछि उनलाई छिमेकीले अस्पतालमा पुर्याएका थिए ।
पहिले निमोनियाका कारण उनी बिरामी भएको भनिए पनि पछि परीक्षणमा उनमा कोरोनभाइरस संक्रमण देखिएको थियो ।
सम्बन्धित

प्रतिक्रिया