सातै प्रदेशसँग रिक्त कर्मचारीको विवरण माग
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात वटै प्रदेशसँग रिक्त कर्मचारीको विवरण माग गरेको छ ।
मन्त्रालयले सोमबार हिजो सुचना प्रकाशित गर्दै रिक्त रहेका कर्मचारीको विवरण पठाउन सात वटै प्रदेश, जिल्ला समन्वय समिति र स्थानीय तहलाई अनुरोध गरेको थियो ।
गत वैशाख १४ गतेको पत्रबाट कर्मचारी विवरण माग गरिएकोमा सबै निकायबाट विवरण प्राप्त नभएको र संघीयताको कार्यान्वयनका क्रममा कर्मचारी व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि विवरण माग गरिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोना भाइरसको रोकथाम, नियन्त्रण र अन्य अत्यावश्यक सेवा प्रवाह गर्नका लागि साथै कर्मचारी विवरण अध्यावधिक अभिलेखन गरी कर्मचारी व्यवस्थापन गर्ने प्रयोजनका लागि प्रादेशिक र स्थानीय तहका सबै निकायहरुमा कार्यरत र रिक्त कर्मचारीको कर्मचारी विवरण फाराम भरी पाँच दिनभित्र मन्त्रालयमा बुझाउन भनिएको छ ।

प्रतिक्रिया