शनिबार, जेठ ५, २०८१

अनुशासनको नाममा दण्डसजाय

नेपालखोज २०८० साउन १९ गते ९:५५

हामी पनि दण्डसजाय भोगेर नै यहाँ सम्म पुग्न सफल भयौं त ?

कुनै पनि व्यक्तिको सफलताको सम्भाव्यता सजिलै मापन गर्न सकिँदैन । दण्डसजाय नभोगेको भए आजको सफलता हासिल गरिँदैनथ्यो भन्ने तर्क गरिन्छ भने दण्डसजाय नभोगेको भए अझ सफल भइन्थ्यो भनेर पनि तर्क गर्न सकिन्छ ।

विभिन्न अध्ययनले पुष्टि गरे अनुसार डर, त्रास र हिंसाको वातावरणले मानिसको आत्मविश्वास तथा मस्तिष्कको विकासमा नकारात्मक असर पार्ने हुनाले दण्डसजायको कारण सफलता प्राप्त भएको तर्कसँग सहमत हुन सकिँदैन ।

हिंसाको अनुभव कसैको लागि पनि सुखद हुन सक्दैन । बाल्यकालमा हिंसा भोग्नु परेको कारण कतिपय व्यक्तिहरूलाई त्यस्तो दण्डसजाय सामान्य लाग्न सक्छ । तर मानव अधकिार, मनोविज्ञान, बालविकास सबै दृष्टिकोणबाट अनुशासनको नाममा दण्डसजाय स्वीकार्य हुन सक्दैन ।

प्रतिक्रिया