शुक्रबार, वैशाख ७, २०८१

सुदूरपश्चिमका नागरिकलाई खाद्यान्न सहयोग गदै कुँवर

नेपालखोज २०७७ वैशाख २४ गते ८:४५

काठमाडौ । लामो समयदेखिको लकडाउनका कारण यतिखेर असंगठित क्षेत्रमा काम गर्ने एवं विपन्न वर्ग निकै नै प्रभावित बनेका छन् । स्थानीय सरकारले राहत उपलब्ध गराएपनि कतिपय विपन्न वर्ग विभिन्न कारणले राहत पाउनबाछ बन्चित पनि बनेका छन् । भने कतिपय विपन्न परिवार एवं असंगठित क्षेत्रमा काम गर्ने नागरिकहरु आफ्ने जिल्लामा फर्किसकेको अवस्था पनि छ ।

तर कतिपय गाउँ गए पनि गुजारा गर्न नसक्ने नागरिकहरु काठमाडौंमा नै असहज अवस्थामा बसिरहेका छन् । यही अवस्थामा सुदुरपश्चिम घर भएर काठमाडौंमा बसोबास गरिरहेका विपन्न वर्गलाई दैनिक छाक टार्न मुश्किल भएकाहरुलाई समाजसेवी एकेन्द्र कुवेर यतिखेर काठमाडौंको सहाराका रुपमा देखिएका छन् ।

कसैको कोठामा चुल्हो निभ्नु हुँदैन, कोही पनि अछामी नागरिक भोकै रहनु हुँदैन भनदै कुँवरले आफ्नो नीजि खर्चमा सयौं विपन्न परिवारलाई खाद्यान्न वितरण गर्दै आईरहेका छन् । उनी आफै दिनरात खटेर विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गर्दै आईरहेका छन् ।
खास गरी उनले दैनिक काम गरेर काठमाडौं बसिरहेको सुदुरपश्चिमका परिवार, विद्यार्थीहरु, दृष्टिविहिन र साधुसन्तलाई सहयोग गर्दै आईरहेका हुन् ।

त्यत्तिमात्र होइन धनगढीबाट २ सय जनाको स्वाव परिक्षणका लागि काठमाडौं ल्याउने सरोकारवालाहरु अनकनाईरहँदा उनले आफ्नै सवारी साधन प्रयोग गरेर ल्याएर उदाहणीय काम समेत गरे । सुदूरपश्चिम तर्फ भारतीय सीमा क्षेत्रमा कोरोनाको संक्रमण बढिरहेका बेला उनी आफै स्वयंसेवकका रुपमा खटिएर धेरैलाई साहस दिने काम मात्र गरेनन् कोरोना संक्रमण न्यूनिकरण तथा रोकथाममा खटिएकाहरुलाई उत्साहित समेत गर्दै आईरहेका छन् ।

राहत वितरण तथा कोरोनासंक्रमणका विरुद्धको अभियानमा निकै नै खटिएका कुँवर राष्ट्रिय खेलकुद परिषद्का केन्द्रिय सदस्य समेत रहेका छन् ।

प्रतिक्रिया