६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज, अझै एकसाता स्वास्थ्यकर्मीको निगरानीमा राखिने
नेपालखोज
२०७७ वैशाख २४ गते ९:३९
विराटनगर । विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका ६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । उनीहरु ६ जना भारतीय नागरिक हुन्।
पछिल्लो पटक गरिएको तीनवटा परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि उनीहरुलाई बुधबार बिहान डिस्चार्ज गरिएको हो ।
उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका १३ जना भारतीय जमातीमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये ६ जना निको भएर डिस्चार्ज भएका हुन् ।
डिस्चार्ज भएपनि उनीहरुलाई अझै एकसाता विराटनगरमै स्वास्थ्यकर्मीको निगरानीमा राखिनेछ ।
सम्बन्धित

प्रतिक्रिया