बालक मृत फेला

नेपालखोज २०७७ वैशाख २४ गते ९:५३

सर्लाही । सर्लाहीको चक्रघटा गाउँपालिका–६ गोइयाहीमा सोमबारदेखि हराएका बालक मङ्गलबार मृत फेला परेका छन् ।

स्थानीयवासी रामेश्वर साहको १२ वर्षीय छोरा सुरज साह मृत फेला परेका हुन् । सोमबार दिउँसो भैँसी चराउन गएका बालकको शव मङ्गलबार गाउँ नजिकै रहेको इँटाभट्टाको खाल्डोमा फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

प्रतिक्रिया