स्थायी कमिटी बैठकको एजेन्डा तय गर्न नेकपाको सचिवालय बैठक बस्दै
नेपालखोज
२०७७ वैशाख २४ गते १३:०६
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज (बुधबार) बस्दैछ । भोली बिहीबार बस्ने स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न दिउँसो ३ बजेपछि प्रधानमन्त्री निवास बालुटावारमा सचिवालय बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलले स्थायी कमिटी बैठकका एजेण्डा प्रस्तुत गर्ने बताइएको छ ।
सोमबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच भएको छलफलबाट प्रस्ताव तयार पार्ने जिम्मा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव पौडेललाई दिइएको थियो ।
सम्बन्धित

प्रतिक्रिया