प्रतिनिधिसभाका सबै सदस्य तथा कर्मचारीहरूको कोरोना परीक्षण गरिने

नेपालखोज २०७७ वैशाख २४ गते १४:१७

काठमाडौं । प्रतिनिधिसभाका सबै सदस्य तथा कर्मचारीहरूको कोरोना परीक्षण गरिने भएको छ । मंगलबार हिँजो सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदका सबै सांसद र कर्मचारीको पीसीआर विधिबाट कोरोनाको परीक्षण गर्ने निर्णय गरेको हो ।

वैशाख २६ गतेदेखि संसदको बर्खे अधिवेशन आह्वान भइसकेको छ । बैठक सञ्चालन हुँदा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदको सभाहलहरू, कक्षहरू, भवन र परिसरलाई स्यानीटाइज गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, विश्व स्वास्थ्य संगठनले तोकेका सबै मापदण्डलाई पालना गर्दै दूरी कायम गरेर बैठकहरु सञ्चालन गर्ने, संघीय संसद भवनमा कोरोना संक्रमण हुन नदिन सबै पूर्व( तयारी गर्ने निर्णय पनि बैठकले गरेको छ ।

संघीय संसद भवनको सरसफाईमा विशेष ध्यान दिने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया