अर्थतन्त्रमा कोभिड-१९ को असर अध्ययन गर्न कांग्रेसले बनायो समिति
नेपालखोज
२०७७ वैशाख २४ गते १६:२२
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड १९) को महामारीले नेपालको विविध क्षेत्रमा पारेको असरबारे अध्ययन र विश्लेषण गर्न अर्थतन्त्र केन्द्रित विशेष समिति गठन गरेको छ ।
वैशाख १७ गते बसेको केन्द्रीय समितिको निर्णयअनुसार नेपालमा कोभिड १९ को असर अध्ययन गरी पार्टीको दृष्टिकोण बनाउन सभापति शेरबहादुर देउवाले पूर्वअर्थमन्त्री तथा केन्द्रीय सदस्य डा. रामशरण महतको संयोजकत्वमा १४ सदस्यीय विशेष समिति गठन गरेका हुन् ।
समितिमा विगतमा अर्थ मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका, संसदीय दलमा अर्थ मन्त्रालयको संयोजन गरिरहेका नेता र राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष रहेर नेतृत्व गरेका अर्थशास्त्रीहरु रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया