एसईई परीक्षा नगराउन सरकारलाई निर्देशन
नेपालखोज
२०७७ वैशाख २४ गते १६:५६
काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले एसईईको परीक्षा नगर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको आज सिंहदरबारस्थित कार्यालयमा बसेको बैठकले अहिलको अवस्थामा एसईई परीक्षा गर्नु उपयुक्त नहुने भन्दै शिक्षा मन्त्रालयलाई यस्तो निर्देशन दिने निर्णय गरेको समितिका उपसचिव पुष्पप्रकाश खनालले जानकारी दिए ।
त्यस्तै, बैठकले कोरोना भाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले विद्यार्थीको परीक्षा र भर्ना नगर्न, शुल्क नलिन पनि निर्देशन दिएको छ । लकडाउनका कारण चैतमा हुने एसईई, कक्षा ११ र १२ को परिक्षा अन्योलमा पर्दै आएको छ ।
सम्बन्धित
प्रतिक्रिया