एक व्यक्ति एक पदका विषयमा विवाद भएपछि जारी बैठकबाटै बाहिरिए प्रधानमन्त्री ओली
काठमाडौं । अध्यादेश प्रकरणपछि पार्टीभित्र तथा बाहिर विवादित बनेका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेकपा सचिवालय बैठक जारी रहेकै बेला बाहिरिएका छन् ।
बैठकमा एक व्यक्ति एक पदका विषयमा विवाद भएपछि प्रधानमन्त्री ओली बैठकबाट बाहिरिएको स्रोतले बतायो । बिहीबार भोली बस्ने स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न सचिवालयको बैठक बसेको हो ।
‘सचिवालय बैठक चलिरहेकै समयमा प्रधानमन्त्री बीचमै उठेर हिड्नुभएको छ, उहाँ उठेर हिँडे पनि बैठक भने जारी छ, अन्य नेताहरु भित्रै हुनुहुन्छ’ सचिवालय स्रोतले नेपालखबरसँग भन्यो। गत शनिबार बसेको सचिवालय बैठकले पार्टीभित्र देखिएको विवाद समाधानका लागि एक व्यक्ति एक जिम्मेवारीमा सहमति गरेको थियो ।
उक्त बैठकमा एक व्यक्ति एक मुख्य जिम्मेवारीमा सहमत भई कमजोरीप्रति आत्मालोचनासमेत गरेका प्रधानमन्त्री ओलीले त्यसपछि भने सो सहमतिको विपक्षमा देखिँदै आएका थिए ।

प्रतिक्रिया