दीर्घरोगीलाई नगरपालिकाको औषधि

नेपालखोज २०७७ वैशाख २५ गते ११:१६

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नगरपालिकाका दीर्घरोगीलाई निःशुल्क औषधि वितरण शुरु गरेको छ ।

लकडाउनको समय लम्बिएसँगै नियमित औषधि सेवन गर्नेलाई असहज भएको गुनासो बढेसँगै औषधि वितरण शुरु गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले नगरभित्रका मधुमेह, उच्च रक्तचाप, बाथरोग, कलेजेका बिरामी, मिर्गौला, मुटुरोगको औषधि वितरण गरेको हो । नगरप्रमुख डम्बरबहादुर अर्यालले आज मेलम्ची–७ बाट निःशुल्क औषधि वितरण शुरु गरिएको जानकारी दिए ।

यसैबीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मेलम्ची नगर कार्यादलले नगर मातहतको उपचार कोषमा रु दुई लाख ८७ हजार १६६ हस्तान्तरण गरेको छ । नगरभित्रका १३ वडा र कार्यदलका सदस्यबाट सो रकम सङ्कलन गरी नगरपालिकाका प्रमुख अर्याललाई हस्तान्तरण गरिएको हो । मेलम्ची नगर कार्यादलका संयोजक चन्द्रबहादुर थापाले सो रकम हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया