सोमबार, असार ९, २०८२

तीन दिन अझै वर्षा हुने सम्भावना

नेपालखोज २०७७ वैशाख २५ गते १३:४१

काठमाडौं । जल तथा मौसम पूर्वानमान महाशाखाले देशैभरी अझै तीनदिनसम्म वर्षाको सम्भावना रहेको जनाएको छ ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडी र अरब सागरबाट समेत आएको जलवाष्पयुक्त हावाको प्रभावले अहिले काठमाडौं उपत्यकालगायत देशभर बदलीसँगै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनर्मा ै पूर्वी भु–भाग नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको उल्लेख गरिएको छ।

आज दिउँसो देशको पश्चिमी भू–भागमा सामान्य बदलि र बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

देशको पश्चिमी भू–भागका केहि स्थानहरूमा र मध्यरपूर्वी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

प्रतिक्रिया