कोसी अस्पतालबाट ८ जना कोरोना संक्रमित डिस्चार्ज
नेपालखोज
२०७७ वैशाख २६ गते १३:३६
विरातनगर । विराटनगरमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् ।
कोसी अस्पतालमा उपचार गराइरहेका ८ जनाको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि आज शुक्रबार दिउँसो डिस्चार्ज गरिएको हो । उनीहरुलाई प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बिदाइ गरेका छन् ।
थप ८ जना डिस्चार्ज भएसँगै नेपालमा निको हुने कोरोना संक्रमितको संख्या २७ पुगेको छ । कोसी अस्पतालमा उपचार गराइरहेका ६ जना यसअघि नै निको भएर डिस्चार्ज भइसकेका छन् ।
भने नेपालमा हाससम्म कोरोना संक्रमितको संख्या १०१ पुगिसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया