मंगलबार, वैशाख ४, २०८१

सिमानामा अलपत्र नेपालीको व्यवस्थापन गर्न माग

नेपालखोज २०७७ वैशाख २६ गते १४:२४

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले कोरोना संक्रमितहरुको पत्ता लगाउनका लागि सरकारले गर्दै आएको द्रुत परीक्षण (आरडीटी) तत्काल बन्द गर्न माग गरेका छन् ।

गजुरेलले शुक्रबार आज एक विज्ञप्ति जारी गर्दै परीक्षणको आरडीटी विधिलाई बन्द गरी पीसीआर विधिको प्रयोगगर्न सरकारसमक्ष माग गरेका हुन् । उनले परीक्षण र अन्य स्वास्थ सामग्रीको तुरुन्त व्यवस्था गरिनु पर्नेमा पनि जोड दिएका छन् ।

सरकारले विगतमा गरेका कतिपय गम्भीर गल्ती तथा कमजोरीका कारण आज कोरोना भाइरस नेपालमा पनि तीब्ररुपमा फैलिरहेको भन्दै उनले संक्रमण समुदायमा फैलने चरणमा प्रवेश गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा नेपालको सिमानामा आएर अलपत्र परेका नेपाली नागरिकहरुलाई सुरक्षित क्वारेण्टाइनमा राख्ने व्यवस्थामिलाई नेपाल ल्याउने व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया