संघीय संसदको बजेट अधिवेशन सुरु
नेपालखोज
२०७७ वैशाख २६ गते १६:१५
काठमाडौं । संघीय संसदको बजेट अधिवेशन सुरु भएको छ । कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिलाई ध्यान दिँदै आवश्यक सतर्कता अपनाएर बैठक सुरु भएको हो ।
सभामुख अग्नि सापकोटाले नोभल कोरोना भाइरस (कोभिड १९) का कारण उत्पन्न विषम परिस्थितिमा विश्व स्वास्थ्य संगठनले गरेको दिशानिर्देशअनुसार संसदको बैठक सञ्चालन गरिएको बताएका छन् ।
संसदमा सांसदहरूबीच सामाजिक दूरी कायम गरिएको छ भने कोरोना परीक्षण गराएर नेगेटिभ रिपोर्ट आएका सांसदहरू मात्र बैठकमा सहभागी छन् ।
संघीय संसदका राष्ट्रियसभा र प्रतिनिधिसभा दुवैको बैठक अहिले सुरु भएको छ । बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको शुभकामना सन्देश सभामुख सापकोटाले पढेर सुनाएपछि बैठक अघि बढेको छ ।
सम्बन्धित

प्रतिक्रिया