आइतबार, वैशाख १४, २०८२

चौबीस घण्टामा करिब दुई हजारको कोरोना परीक्षण

नेपालखोज २०७७ वैशाख २६ गते १७:२३

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को आशंकामा पछिल्लो चौबीस घण्टामा करिब दुई हजारको नमुना परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आज गरेको प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो चौबीस घण्टामा कोरोनाको आशंकामा एक हजार ८६९ जनाको नमुना परीक्षण गरिएको जानकारी दिए ।

हालसम्म कोरोना भाइरसको आशंकामा पीसीआर विधिबाट करिब १५ हजार ४९२ जनाको नमुना परीक्षण गरिएको उनले जानकारी दिए । देवकोटाका अनुसार अहिलेसम्म ५४ हजार ५३१ जनाको आरडीटी परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसारसम्म आज थप एकजनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा १०२ संक्रमित पुगेका छ । संक्रमितमा ७४ जना पुरुष र २८ महिला छन् ।

आज देशैभरका विभिन्न अस्पतालमा आइसोलेसनमा कोरोना भाइरसको आशंकामा एक सय ३५ जना छन् । जसमा काठमाडौं उपत्यकमा तीनजना र उपत्यकाबाहिर १३२ जना छन् । सातै प्रदेशका क्वारेन्टाइनमा १५ हजार ६५४ जना छन् ।

प्रतिक्रिया