शनिबार, वैशाख १५, २०८१

म्याग्दीमा थप २ जनामा डेंगुको संक्रमण फेला

नेपालखोज २०७७ वैशाख २६ गते १७:३७

म्याग्दी । कोरोना भाइरस संक्रमणको जोखिमका बीच म्याग्दीमा शुक्रबार थप २ जनामा डेंगु सक्रमण फेला परेको छ । योसँगै वैशाख महिनामै म्याग्दीमा डेंगु संक्रमितको संख्या ९ पुगेको छ ।

बेनी नगरपालिका ५ भीरमुनि र बेनी नगरपालिका ६ छापाका दुई युवामा डेंगु पोजेटिभ देखिएको अस्पतालका क्लिनिकल प्रमुख डा. नवराज बस्ताकोटीले जानकारी दिए ।

‘डेंगुको उच्च जोखिममा छौ, यस वर्ष हामीलाई डेंगुले सताउने संकेत देखिएको छ’, डा. बस्ताकोटीले भने । गतहप्ता समेत भीरमुनि र छापामा दुई जनामा डेंगु देखिएको थियो । योसँगै बेनी नगरपालिकामा ६, मंगलामा २ र मालिका गाउँपालिकामा १ जनामा डेंगुका बिरामी भेटिएका छन् ।

शुक्रबार (आज) भेटिएका दुवै जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । बिरामीमा मनोविज्ञानमा असर पर्ने भएकाले स्वस्थ्यकर्मीले संक्रमितको नाम र थरबारे जानकारी दिएका छैनन् ।

डेंगुले प्रकोपको रूप लिनसक्ने जोखिमलाई मध्यनजर गरी नगरभित्रका वडाहरुमा सचेतनामूलक कार्यक्रमसँगै डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी नष्ट गर्ने अभियानलाई तीव्र पारेको छ ।

प्रतिक्रिया