मंगलबार, वैशाख ११, २०८१

७४९ स्थानीय तहको मतगणना सकियाे, ४ पालिकामा जारी

नेपालखोज २०७९ जेठ १२ गते १२:११

काठमाडौं । स्थानीय निर्वाचन २०७९ को यो समाचार तयार पार्दा ७ सय ४९ वटा पालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगका अनुसार चारवटा पालिकाको मात्रै अन्तिम मन्तिम मतरिणाम सार्वजनिक हुन बाँकी छ ।

काठमाडौं महानगरको मतगणना भने अन्तिम चरणमा पुग्न लागेको छ । बालेन साहको जित लगभग निश्चित छ । उदयपुरको त्रियुगाको मतगणना पनि जारी छ । रुपन्देहीको तिलोत्तमाको मतगणना पनि जारी छ। बाजुराको बुढीगंगा नगरपालिकामा भने अहिलेसम्म मतगणना नभएको बुझिएको छ ।

७ सय ५३ पालिकामध्ये अहिलेसम्म कांग्रेसले तीन सय २७ पालिकाको प्रमुख पद जितेर पहिलो पार्टी बनेको छ । यस्तै एमालेले २०५, माओवादी केन्द्रले १२१, जनता समाजवादी पार्टीले ३०, नेकपा एकीकृत समाजवादीले २० र लोकतान्त्रिक समाजवादी पार्टीले १६ वटा पालिकाको प्रमुख पद जितेका छन् । स्वतन्त्र अन्य उम्मेदवारले ३० वटा प्रमुख पद जितेका छन् ।

प्रतिक्रिया