बिहीबार, चैत १५, २०८०

भारतमा २८ जना नेपालीमा कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७७ वैशाख २७ गते ११:५४

काठमाडौं । भारतमा हालसम्म २८ जना नेपालीमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

संक्रमित नेपालीहरुमध्ये २३ जना रोजगारीका लागि भारतमा बस्दै आएका हुन् भने अन्य पाँच जना केही महिनाअघि मात्र भारत गएका हुन् ।

संक्रमित नेपालीहरुमध्ये एक जनाको मृत्यु भइसकेको छ भने १२ जना उपचारपछि निको भइसकेका छन् । बाँकी १५ जनाको उपचार चलिरहेको छ ।

प्रतिक्रिया