मंगलबार, वैशाख ११, २०८१

म्याग्दीमा थप दुई जनामा डेङ्गीको संक्रमण पुष्टि, सङ्क्रमित नौ पुगे

नेपालखोज २०७७ वैशाख २७ गते १२:०३

म्याग्दी । म्याग्दीमा हिजो थप दुई जनामा डेङ्गो संक्रमण भएको पाइएको छ । योसँगै अहिलेसम्म म्याग्दीमा डेङ्गी सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ ।

बेनी नगरपालिका–५ भिरमुनि र बेनी नगरपालिका–६ छापाका दुई युवामा डेङ्गी पोजेटिभ देखिएको अस्पतालका क्लिनिकल प्रमुख डा नवराज बस्ताकोटीले जानकारी दिए ।

गत हप्तासमेत भिरमुनि र छापाका दुई जनामा डेङ्गी पोजेटिभ देखिएको थियो । यससँगै बेनी नगरपालिकामा छ, मङ्गलामा दुई र मालिका गाउँपालिकामा एक जना डेङ्गीका बिरामी भेटिएका छन् ।शुक्रबार भेटिएका दुवैको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

डेङ्गीले प्रकोपको रूप लिनसक्ने जोखिमलाई मध्यनजर गरी नगरभित्रका वडामा सचेतनामूलक कार्यक्रमसँगै डेङ्गी रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी र नष्ट गर्ने अभियानलाई तीव्र पारेको छ ।

प्रतिक्रिया