हालसम्म १९ हजार पीसीआर र आरडीटीबाट ५५ हजार जनाको स्वास्थ्य परिक्षण
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म पीसीआर १६ हजार तीन सय ९ जनाको नमुना परीक्षण भएको छ भने आरडीटी विधिबाट ५५ हजार ९ सय ३० जनाको नमुना परीक्षण भएको छ ।
अहिले १४ हजार पाँच सय ९२ क्वारेन्टाइनमा छन् भने उपत्यकामा दुई र बाहिर १४१ गरेर आइसोलेसनमा १४३ जना छन् । शनिबार आज थप सात जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।
जसमध्ये ७८ पुरुष र ३१ महिला छन् । संक्रमितमध्ये ३१ जना निको भएर डिस्चार्ज भएका छन् । ७८ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ सात जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार प्रदेश १ मा ३४, प्रदेश २ मा ३१, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २ र प्रदेश नम्बर ५ मा ३० र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित हुन् । शनिबार आज रिपोर्ट पोजिटिभ देखिएका सातजना उदयपुर, कपिलवस्तु र पर्साका हुन् ।
प्रतिक्रिया