सोमबार, वैशाख १५, २०८२

होटलका लागि बन्यो सुरक्षा निर्देशिका

नेपालखोज २०७७ वैशाख २८ गते १४:४७

काठमाडौं । कोरोना भाइरसको प्रकोपपछि खुल्ने होटेलहरुले ग्राहक बाहरिएको कम्तिमा ४८ घण्टासम्म कोठा खाली राख्नुपर्ने भएको छ ।

अर्थात् कोठामा बसिरहेको पाहुना बाहिरिएको ४८ घण्टापछि मात्र नयाँ पाहुनालाई कोठामा राख्नुपर्ने गरी सुरक्षा निर्देशिका बनाइएको छ ।
नेपाल पर्यटन बोर्डले कोभिड १९ बाट बच्न पर्यटनसँग सम्बन्धित सबै क्षेत्रका लागि सुरक्षा निर्देशिका बनाएको छ ।

निर्देशिकाअनुसार एउटा पाहुना होटेलबाट बिदा भइसकेपछि कोठालाई पूर्णतया सुरक्षित पार्नुपर्ने भएको छ । त्यसको ४८ घण्टापछि मात्र कोठा अर्को पाहुना राख्न योग्य हुने भएको छ ।

यसबाट अबको केही समय तत्काल लकडाउन खुलेपनि, होटेलमा पाहुना आएपनि होटेलले पूर्ण क्षमतामा होटेलका कोठा प्रयोग गर्न पाउने छैनन् ।

प्रतिक्रिया