विराटनगरमा थप दुई जना डिस्चार्ज, निको भएर फर्किनेको सङ्ख्या १६ पुग्यो
नेपालखोज
२०७७ वैशाख २८ गते १७:२६
विराटनगर । विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका थप दुई जना आज डिस्चार्ज भएर घर फर्किएका छन् ।
कोरोना विशेष अस्पताल (कोभिड(१९) उपचार केन्द्रमा उपचार गराइरहेका भोजपुर र झापाका एकरएक जना निको भएर घर फर्किएका सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो ।
योसँगै प्रदेश १ मा कोरोना उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १६ पुगेको छ । विराटनगर अस्पतालमा उपचार गराइरहेका ३५ जनामध्ये १६ जना उपचारपछि निको भएर फर्किएसँगै अहिले १९ जनाको उपचार भइरहेको छ ।
प्रदेश १ मा हिजो थप एक जनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो । उदयपुरको भुल्केमा एक महिलालाई कोरोना पुष्टि भएको हो । योसँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३५ पुगेको हो ।
सम्बन्धित
प्रतिक्रिया