आइतबार, वैशाख १४, २०८२

नेपालमा परीक्षण दर बढ्यो, दैनिक १३ सयको पिसिआर विधिबाट परीक्षण

नेपालखोज २०७७ वैशाख २८ गते १७:५६

काठमाडौं । कोरोनाभाइरस संक्रमणको पिसिआर विधिबाट गरिने परीक्षण नेपालमा पनि बढेको छ । स्वास्थ्य मन्त्रलायले जनाएअनुसार अब दैनिक नेपालमा १३ सय जनाको पिसिआर विधिबाट परीक्षण हुन थालेको छ ।

पछिल्लो २४ घन्टामा १३ सय १६ जनाको पिसिआर विधिबाट परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका हुन् । उनका अनुसार अब नेपालमा पिसिआरबाट परीक्षण भएकाको संख्या १६ हजार ८ सय ९८ जना पुगेको छ ।

चीनबाट आएका र स्विजरल्यान्डले दिएका किट विभिन्न प्रदेशमा पुगेपछि नेपालमा पिसिआर प्रविधिबाट हुने परीक्षण बढेको छ ।

नेपालमा अहिलेसम्म ११० जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । यीमध्ये ७८ जना पुरुष छन् भने ३२ जना महिला रहेका छन् ।

प्रतिक्रिया